काठमाडौं, अछाम छाउगोठमा बसेकी एक किशोरी बलात्कृत भएकी छन्।
अछामको पञ्चदेवल विनायक नगरपालिका–२ मा छाउगोठमा बसेकी १६ वर्षीया एक किशोरी बलात्कृत भएकी हुन्।
मामाघरमा बसेर पढिरहेकी किशोरी सोमवार मध्यराति आफ्नै नाता पर्नेबाट बलात्कृत भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ।
उनी मंगलबार बिहान छाउगोठमै बेहोस् अवस्थामा भेटिएकी थिइन्। किशोरीलाई उद्दार गरेर अस्पताल लगिएको प्रहरीले जनाएको छ।
जबरजस्तीकरणी गरेको आरोपमा १७ वर्षीय एक किशोरलाई प्रहरीले पक्राउ गरेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ।