सडक ढलानमा ८ लाख भ्रष्टाचार, प्रशासकीय अधिकृतसहित ६ जनाविरुद्ध मुद्दा दायर

HTV Khabar १४ वैशाख २०८१, शुक्रबार ०३:१२ मा प्रकाशित

काठमाडौं, अख्तियार दुरूपयोग अनुसन्धान आयोगले महोत्तरी एकडारा गाउँपालिका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित छ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

अख्तियारले तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सरोज कुमार सिंह,इन्जिनियर सुभाष पाण्डेयसहित छ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो।

आयोगले महोत्तरीको एकडरा गाउँपालिका-१ अन्तरगतका ससाना सडक ढलान गर्ने क्रममा विनियोजन भएको रकमबाट गुणस्तरहीन कार्य गरी रकम हिनामिना गरेको आरोपमा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सिंह,इन्जिनियर सुभाष,योजना शाखा प्रमुख महेन्द्र कुमार मण्डल,असिस्टेन्ट सवइन्जिनियर संजय कुमार मंडलविरुद्ध आज विशेष अदालत काठमाडौंमा आरोप पत्र दायर गरेको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले बताए।

यसैगरी सोही गाउँपालिकाका उपाध्यक्ष महजबी खातुन र जानकी कन्सट्रक्सन मरा शिसवा नगरपालिका-५ महोत्तरीका प्रोपराइटर राकेश कुमार रायविरुद्ध पनि मुद्दा दायर भएको छ।उनीहरूबिरुद्ध ८ लाख ६५ हजार १४५ रुपैयाँ बिगो माग गरिएको छ।