काठमाडौं, जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका प्रहरी निरीक्षक (इन्स्पेक्टर) विदुर शिवाकोटीलाई ५ दिन हिरासतमा जिल्ला अदालत काठमाडौँले अनुमति दिएको छ।
बुधवार साँझ नागार्जुन नगरपालिकाबाट पक्राउ परेका इन्स्पेक्टर शिवाकोटीलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिइएको हो।
जिल्ला प्रहरी परिसर, काठमाडौंका अनुसार प्रहरी वृत्त, स्वयम्भुमा पीडित १२ वर्षीया किशोरीको तर्फबाट विहिवार जाहेरी दर्ता भएको छ। सोही जाहेरीका आधारमा प्रहरीले थप अनुसन्धान गर्न अदालतबाट शिवाकोटीलाई ५ दिन हिरासतमा राख्न अनुमति पाएको हो।
इन्स्पेक्टर शिवाकोटी उपत्यका अपराध अनुसन्धान कार्यालयमा कार्यरत छन्। प्रहरीका अनुसार, तराई मूलकी बालिका ६ वर्षदेखि शिवाकोटीको घरमा बस्दै आएकी थिइन्।
४५ वर्षीय इन्स्पेक्टर शिवाकोटी ती बालिकालाई तीन वर्षदेखि पटकपटक जबरजस्ती करणी गरेको आरोप छ। उनीमाथि थप प्रहरीले अनुसन्धान थालेको छ।