काठमाडौं, अमेरिकन कम्पनी कोटीभिटी विरुद्ध मुद्दा दायार गर्ने राजस्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुंगानाको सरुवा भएको छ।
मन्त्रिपरिषद् तथा प्रधानमन्त्री कार्यालयले महानिर्देशक ढुंगानाको आन्तरिक सरुवा गरेको हो। नयाँ महानिर्देशकमा चक्र बहादुर बुढा पुगेका छन्।
उनी पूर्व अर्थमन्त्री जनार्दन शर्माको पालामा बजेट महाशाखा हुँदै भन्सार विभाग महानिर्देशक बनेका थिए। महानिर्देशक ढुंगाना गत साउन २ गते ६०.७ किलो सुन समातेर चर्चा कमाएका थिए। तर अमेरिकी कम्पनी कोटीभीटी विरुद्ध १० अर्बको मुद्दा दायर गरेपछि विवादमा तानिएका थिए।
महानिर्देशक ढुंगानाको सरुवा भैसकेको र बुढा आउने पक्का भइसकेको विभागका एक निर्देशकले जानकारी दिए। ढुंगाना भारतको कोलताकामा रहने महावाणिज्य दूत बन्ने योजना छ। यद्यपि महावाणिज्य दूत बन्नका लागि साउन महिनासम्म कुर्नुपर्नेछ।