काठमाडौं, अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा काठमाडौं उपत्यका विकास प्राधिकरण, दिव्येश्वरी जग्गा एकीकरण आयोजना,भक्तपुरमा कार्यरत सव–इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा सब–इन्जिनियर कुमार पौड्यालविरुद्ध आईतवार भ्रष्टाचार मुद्दा दायर गरेको हो। उनले सार्वजनिक पदमा रहेर गैरकानूनी रूपमा सम्पत्ति आर्जन गरेको र उक्त सम्पत्तिबाट बढेको सम्पत्ति उनकी श्रीमती विष्णु मैया पौड्यालका नाममा राखेको देखिएको आयोगले जनाएको छ।
उनीविरुद्ध ३ करोड ६३ लाख २१ हजार २०७ रुपैयाँ भ्रष्टाचार गरेको दाबी गर्दै अख्तियारले मुद्दा दायर गरेको छ। उनले पदीय मर्यादा विपरीतका कार्यहरू गरी गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको अख्तियारले जनाएको छ।
पौडेलले ९ वैशाख २०५१ देखि ३१ असार २०८० सम्मको अवधिमा उक्त अकुत रकम कमाएको अख्तियारको आरोपपत्रमा उल्लेख छ।