आज केही ठाउँमा चट्याङ र हुरीबतासको सम्भावना

HTV Khabar १९ वैशाख २०८१, बुधवार ०८:०३ मा प्रकाशित

काठमाडौं, आज देशका केही ठाउँमा चट्याङसहित वर्षा र हुरीबतासको चल्ने सम्भावना रहेको छ।


पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव कायम रहेकोले कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली भएको छ।


जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागका एक-दुई स्थानमा मेघगर्ज र चट्याङसहित हल्का वर्षाको सम्भावना छ। उच्च पहाडी तथा हिमाली भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।


कोशी, मधेश र लुम्बिनी प्रदेशका केही स्थानका साथै बाँकी प्रदेशका केही स्थानमा हुरीबतासको सम्भावना रहेको छ।


हावाहुरी र चट्याङको सम्भावना भएकोले सतर्क रहन महाशाखाले सचेत गराएको छ।