दाङमा वडाध्यक्षमाथि भाला प्रहार, अवस्था गम्भीर

HTV Khabar ९ जेठ २०८१, बुधवार ०७:२१ मा प्रकाशित

काठमाडौं, दाङ देउखुरीको राजपुर गाउँपालिकामा एकजना वडा अध्यक्षमाथि भाला प्रहार भएको छ। मंगलबार दिउँसो राजपुर गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष टंक विष्टमाथि कार्यकक्षभित्रै भाला प्रहार भएको हो।

उनको अवस्था गम्भीर छ। हाल उनको लमही अस्पतालमा उपचार भइरहेको छ। राजपुर गाउँपालिका वडा नम्बर ६ खयरभट्टी निवासी २० वर्षीय विजय नेपालीले वडाध्यक्ष विष्टमाथि दिउँसो करिब ४:३० बजे छातीको वायाँ भागमा भाला प्रहार गरेर घाइते बनाएको इलाका प्रहरी कार्यालय गढवाले जनाएको छ। नेपालीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

घाइते भएका वडाध्यक्षलाई उपचारका लागि लमही अस्पतालमा पुर्‍याइएको छ। वडाध्यक्ष विष्टमाथि आक्रमण हुनुको कारण खुलेको छैन। घटनाको अनुसन्धान अगाडि बढाइएको गढवा प्रहरीले जनाएको छ।