बूढानीलकण्ठ -११मा मोतिबिन्दुको नि:शुल्क शल्यक्रिया सहितको आँखा सिविर हुने सूचना

सबिन पन्त 'पृथक' १५ कार्तिक २०८०, बुधवार ०७:२६ मा प्रकाशित
काठमाडौं, बूढानीलकण्ठ नगरपालिका वडा नं.- ११ मा हिल नेपालको आयोजनामा नि:शुल्क आँखा सिविर सञ्चालन हुने भएको छ। 

कतार च्यारीटिको आर्थिक सहयोग र मातृका आई सेन्टरको प्राविधिक सहयोगमा हुने उक्त आँखा स्वास्थ्य सिविरमा मोतिबिन्दुको समेत नि:शुल्क शल्यक्रिया गरिने वडा नं.-११ का अध्यक्ष राजु अधिकारीद्वारा हस्ताक्षरित प्रकाशित सूचनामा जनाईएको छ।