टिकटक लाइभमार्फत गालीगलौज गर्ने रोशनी पक्राउ

HTV Khabar ३० असार २०८२, सोमबार ०१:१७ मा प्रकाशित

काठमाडौं,  धनुषा प्रहरीले सामाजिक सञ्जाल टिकटक लाइभमार्फत अभद्र भाषा प्रयोग गरेको अभियोगमा एक युवतीलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा जनकपुर उपमहानगरपालिका–२४ की २० वर्षीया रोशनी खातुन रहेकी छिन्। प्रहरीका अनुसार खातुनले आईतवार आफ्नो टिकटक लाइभमा आपत्तिजनक शब्द प्रयोग गर्दै गालीगलौज गरेकी थिइन्।

सामाजिक सद्भाव र मर्यादाविपरीतको व्यवहार देखिएको भन्दै उनलाई अभद्र व्यवहारसम्बन्धी कसूरमा म्याद थप गरी हाल जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतमा राखिएको छ। उनीविरुद्ध थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको धनुषा प्रहरीले जनाएको छ।