आज तराई र उपत्यकामा हुस्सु र कुहिरो

HTV Khabar २७ मंगशिर २०८१, बिहीबार ०७:०० मा प्रकाशित

काठमाडौं, हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। बिहान तराई तथा उपत्यका धेरै स्थानहरूमा हुस्सु साथै केही स्थानहरुमा कुहिरो लागेको छ।

गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक बदली भएको छ। बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले  जनाएको छ।

महाशाखाका अनुसार आज दिउँसो र राति पनि मौसम आंशिक बदलीदेखि मुख्यतया सफा रहने छ ।