न्यायाधीसले सफाइ पाएपछि श्रीमती अंगप्रदर्शनसहित अनशनमा

HTV Khabar ९ वैशाख २०८२, मङ्गलबार ०७:३५ मा प्रकाशित

काठमाडौं, वैवाहिक बलात्कारको मुद्दामा न्यायाधीश भुवन गिरीलाई सफाइ दिएको भन्दै उनकी पूर्वपत्नी आरती रावलले उच्च अदालत तुलसीपुर बुटवल इजलास अगाडि अझर्धनग्न अनशनमा बसेकी छन्।

बैशाख १ गते वैवाहिक बलात्कारमा मुद्दामा सफाइ पाएपछि निलम्बित न्यायाधीश भुवन गिरी डिल्लीबजार कारागार मुक्त भएका थिए। बिहानै कार्यालय समय अगावै गेट बाहिर बसेकी गिरीलाई केही समयमा नै प्रहरीले उठाएर लगेको प्रत्यक्षदर्शी भक्त बस्नेतले जानकारी दिए।

इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी इन्द्र बहादुर रानाले अदालतअघि अशोभनीय तरिकाले बसेकाले प्रहरीले ल्याएर आफन्तलाई बुझाएको बताए। ‘न्यायलयअघि त्यो ड्रेसमा बस्नु शोभनीय भएन कसैलाई पनि, शान्तिपूर्ण तरिकाले बसेको भए हामीले ल्याउनुपर्ने थिएन, उहाँको विरोध थियो, हामीले उहाँको आफन्तलाई बोलाएर बुझाएका छौं’ उनले भने।

उच्च अदालत पाटनका न्यायाधीशद्वय लालबहादुर कुँवर र डिल्लीरत्न श्रेष्ठको इजलासले गिरीलाई गिरीलाई वैवाहिक बलात्कारको कसुरबाट सफाइ दिएको थियो। गिरीलाई उनकै श्रीमतीले वैवाहिक बलात्कारको आरोप लगाउँदै मुद्दा दायर गरिएकी थिइन्। त्यसपछि न्याय परिषद्ले उनलाई निलम्बन समेत गरेको थियो।

जिल्ला अदालत, काठमाडौं र उच्च अदालत, पाटनले न्यायाधीश गिरीलाई धरौटीमा छाड्न आदेश दिएका थिए तर त्यसपछि सर्वोच्च अदालतले गत २०८० चैत २१ गते वैवाहिक बलात्कार मुद्दामा गिरीलाई थुनामा पठाउने फैसला सुनाएको थियो।

उक्त मुद्दामा जिल्ला अदालत, काठमाडौंले गत २०८१ जेठमा दोषी ठहर गर्दै थुनामा पठाउन आदेश गरेको थियो। जिल्लाले गिरीलाई सात वर्ष कैद, तीन लाख जरिवानाको सजाय सुनाएको थियो। जिल्लाको उक्त आदेशविरुद्ध गिरीले उच्च अदालत, पाटनमा पुनरावेदन गरेका थिए।

तर, जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले भने सजाय कम भएको भन्दै रिट निवेदन दिएको थियो। पुनरावेदन रिटमाथि आईतवार भएको सुनुवाइपछि जिल्लाको आदेश उल्ट्याउँदै उच्चले सफाइ दिएको थियो।