सर्लाही प्रहरी प्रमुख एसपी ज्ञवालीको सक्रियता - एकैदिन २०२ फरार अपराधी पक्राउ

सबिन पन्त 'पृथक' ११ चैत्र २०८०, आइतबार ०८:११ मा प्रकाशित

सर्लाही, सर्लाही प्रहरी प्रमुखमा प्रहरी उपरीक्षक दयानिधी ज्ञवाली सरुवा भएर आएपछि जिल्लामा शान्ति सुरक्षा कायम गरि अपराध नियन्त्रणमा प्रहरी झनै क्रियाशिल देखिएको छ।

एसपी ज्ञवालीको सक्रियतामा एकैदिन २४ घण्टाभित्र फरार सूचीमा रहेका २०२ जना अपराधीलाई नियन्त्रणमा लिन प्रहरी सफल भएको छ। 

प्रहरी कार्यालय सर्लाहीले २४ घन्टाभित्र २०२ जना फरार अपराधीहरूलाई पक्राउ गरिएको सर्लाही प्रहरीका प्रमुख एसपी दयानिधि ज्ञवालीले एचटिभी खबरलाई बताएका छन्। एसपी ज्ञवालीले प्रहरी युनिटीहरूमा विशेष टोली गठन गरेर फरार सूचीमा रहेका अपराधीहरूलाई पक्राउ गर्न सफल भएको बताए।

सर्लाही जिल्ला अन्तर्गतबाट बुझाईएका फरार अपराधी मध्ये कुटपिट, जुवा, जालसाजी, डाँका चोरी, जवरजस्ती करणी र भ्रष्टचार लगायतका रहेका छन्। उनीहरूलाई जिल्ला प्रहरी कार्यालय सर्लाही लगायतका प्रत्येक युनिटहरूबाट बिभिन्न टोलीहरू गठन गरी शुक्रवार पक्राउ गरिएको एसपी ज्ञवालीले बताए।

पक्राउ परेकाहरूमध्ये कम्तिमा ५ दिनदेखि ३ वर्ष ६ महिनासम्म) कैद भएका छन्। उनीहरूलाई १ सय रुपियाँदेखि ३ लाख ६३ हजारसम्म जरिवाना रहेको छ। अदालतबाट सजाय र कैद जरिवाना फैसला भएपछि विगत दश वर्षदेखि फरारको सूचीमा रहेका कतिपय अपराधीलाई पनि पक्राउ गरिएको छ।