नेपाल आउँदै चर्चित कथावाचिका देवी प्रतिभा

HTV Khabar १९ पौष २०८१, शुक्रबार ०७:२५ मा प्रकाशित

काठमाडौं,  भारतमा बस्दै आएकी चर्चित कथावाचिका देवी प्रतिभा (प्रतिभा पराजुली) फेरि नेपाल आउने भएकी छिन्।

देवी प्रतिभा मकर स्नान माघ महामहोत्सवका अवसरमा १ महिनासम्म चल्ने महायज्ञमा कथावाचन गर्नका लागि चितवनको देवघाटमा आउन लागेकी हुन्। यसअघि उनले पशुपतिनाथ मन्दिरमा करिब १५ दिन कथा वाचन गरेकी थिइन्।

उनले १० दिनसम्म देवघाटमा कथा वाचन गर्ने बताइएको छ। मातापिता सेवा आश्रम र देवघाट दिव्य धामको निर्माण सहयोगार्थ ‘देवघाट महामहोत्सव’ लगाइन लागिएको हो।