सिडिओ कार्यालयभित्रै कुटाकुट कुटाकुट गर्ने पाँच जना पक्राउ

HTV Khabar ३० माघ २०८१, बुधवार ०४:५५ मा प्रकाशित

काठमाडौं,  जिल्ला प्रशासन कार्यालय झापाका सहायक प्रमुख जिल्ला अधिकारीको कार्यकक्षमै कुटाकुट भएको छ।

वैदेशिक रोजगार ठगीका विषयमा डाकिएको छलफलमा सहायक प्रमुख जिल्ला अधिकारी विश्वराज नेपालको कार्यकक्षमै कुटाकुट भएको हो। कुटाकुट गर्ने पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ। भद्रपुर ६ का सञ्जय यादव र सुरेन्द्र यादवले कम्बोडिया पठाउने नाममा ठगी गरेको उजुरीका विषयमा जिल्ला प्रशासन कार्यालयमा छलफल डाकिएको थियो।

ठुलो सङ्ख्यामा सहायक प्रजिअको कार्यकक्षमा प्रवेश गरी होहल्ला गर्दै कुटाकुट गरेको जनाइएको छ। आफूले चुप लाग्न आग्रह गर्दा पनि होहल्ला गरेपछि प्रहरी बोलाएर पक्राउ गर्न लगाएको सहायक प्रजिअ नेपालले बताए। आफ्नो कार्यकक्षमा होहल्ला गरे पनि कुटाकुट कार्यकक्षभन्दा बाहिर गरेको उनले जानकारी दिए।

कुटाकुट गर्ने पाँच जनालाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय लगिएको थियो। उनीहरूलाई साँझपख छोडिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विजय चौहानले बताए। भद्रपुर १० का सागर मगर , विष्णु खड्का, वडा नं ४ का उत्सव राय , वडा नं ९ का प्रवीण राई , वडा नं ८ का उज्ज्वल खवास कम्बोडिया जानेक्रममा ठगीमा परेका हुन्।