काठमाडौं, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले अनलाईनमार्फत ठगी गर्ने तीन जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक नमोबुद्ध नगरपालिका -२ घर भई हाल काठमाडौं महानगरपालिका-६बस्ने सुदिप प्याकुरेल, सोलुखुम्बु लिखुपिके गाउँपालिकाका संञ्जय बस्नेत, नुवाकोट दुप्चेश्वरका छेवाङ लामा र सिन्धुपाल्चोक पाँचपोखरी थानपालका करण तामाङ गोले रहेका छन्।
उनीहरुले फेसबुक, व्हाट्सएप, इन्स्टाग्राममा बिभिन्न प्रलोभनहरु देखाएर ठगी गर्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ।
उनीहरुको माध्यमबाट विभिन्न प्रलोभन देखाई सामान पार्सल, अनलाईनमा लगानी गरेमा दोब्बर कमाई हुने भन्दै प्रलोभन देखाएर अनधिकृत रुपमा ईसेवा आईडीमा पहुँच पुर्याई गैरकानूनी कार्य गर्ने गरेका थिए।
उनीहरुले विभिन्न ब्यक्तिहरुको नाममा रहेका बैंक खाता तथा वालेटबाट पटकपटक गरी १६लाख ५९ हजार ठगी गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।