बूढानीलकण्ठ नगरपालिकामा संयुक्त ल्होछार/लोसार कार्यक्रम हुने

सबिन पन्त 'पृथक' २४ माघ २०८१, बिहीबार १२:४४ मा प्रकाशित

काठमाडौं, बूढानीलकण्ठ नगरपालिकामा संयुक्त ल्होछार/लोसार कार्यक्रम आयोजना हुनेभएको छ। 

यही माघ २६ गते शनिवार बूढानीलकण्ठ नगरपालिका वडा नं.-८ गोल्फुटारस्थित जेष्ठ नागरिक पार्कमा गुरुङ जातिको तमु लोसार, तामाङ जातिको सोनाम ल्होछार र शेर्पा जातिको ग्याल्पो लोसारको अवसरमा संयुक्त रूपमा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरिने भएको हो।

उक्त कुरा नगरपालिकाको सभाकक्षमा अयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो। उक्त कार्यक्रम नेपाल सरकारका सूचना तथा सञ्चार मन्त्री माननीय पृथ्वी सुब्बाको प्रमुख आतिथ्यतामा हुनेछ भने विभिन्न विशिष्ट व्यक्तिहरुको सहभागिता रहनेछ। 

यहाँ विभिन्न जातजातिको कला संस्कृति झल्काउने भेषभुसा प्रदर्शनी साथै खानाका विभिन्न परिकारहरुको स्टल रहने नगर उपप्रमुख अनिता लामाले पत्रकार सम्मेलनमा जानकारी दिएकी छन्। 


बूढानीलकण्ठ नगरपालिका वडा नं.-८ का अध्यक्ष सुमन तामाङ यो ऐतिहासिक शुभकामना आदानप्रदान कार्यक्रमको संयोजक रहेका छन्।