काठमाडौं, नेपाल प्रहरीले प्रहरी नायब महानिरीक्षक दान बहादुर कार्कीलाई केन्द्रीय प्रवक्ताको जिम्मेवारी तोकेको छ।
नेपाल प्रहरीद्वारा सम्पादित जनसरोकारका काम कारबाहीलाई सञ्चारमाध्यममा सम्प्रेषण गर्नका लागि कार्कीलाई केन्द्रीय प्रहरी प्रवक्ता तोकिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।
प्रहरी नायव महानिरीक्षक कार्कीलाई ९८५१२९२१११ र ईमेल ठेगाना spokesperson@nepalpolice.gov.np मा सम्पर्क गर्न सकिने छ।
प्रहरी नायव महानिरीक्षक कार्कीले यसअघि प्रहरी वरिष्ठ उपरीक्षक पदमा कार्यरत रहँदा समेत नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्ता एवम् सूचना अधिकारीको जिम्मेवारी सम्हाल्दै आएका थिए।