काठमाडौं, काठमाडौंका विभिन्न ठाउँमा आज हुने प्रदर्शनलाई ध्यानमा राखेर सरकारले सुरक्षा व्यवस्था कडा पार्ने भएको छ।
राजतन्त्रवादीले एकै दिन काठमाडौंमा प्रदर्शन गर्ने भएपछि सरकारले सुरक्षा सतर्कता उच्च बनाएको हो। आज काठमाडौंका विभिन्न स्थानमा तीहजार पाँच सय भन्दाबढी सुरक्षाकर्मी परिचालन गर्ने तयारी रहेको छ।
सम्भावित मुठभेठ रोक्नका लागि जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख तथा वरिष्ठ उपरीक्षक विश्व अधिकारीको नेतृत्वमा ३५ सय सुरक्षाकर्मी परिचालन हुने छन्। घुसपैठ हुन नदिन सादा पोसाकका प्रहरी समेत परिचालन गरिनेछ।
भद्रकालीस्थित जिल्ला प्रहरी परिसर काठमाडौंको कार्यालयमा ‘कमान्ड सेन्टर’ सञ्चालन गरिएको प्रहरीले जनाएको छ। यस्तै ट्राफिक व्यवस्थापनका लागि १८ सय प्रहरी परिचालन गरिने काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।
राजावादीहरुले तीनकुनेमा प्रदर्शन र आमसभा गर्दै छन् भने गणतन्त्रवादीहरूका लागि भृकुटीमण्डपमा स्थान तोकिएको छ।