प्राधिकरणले तोक्यो हवाई भाडा दर

HTV Khabar १६ अशोज २०८२, शुक्रबार ०९:५९ मा प्रकाशित

काठमाडौं,  दशैं, तिहार र छठको भीडभाडमा हवाई टिकटको माग असामान्य रूपमा बढ्ने भएकाले यात्रुहरूलाई बढी शुल्क तिर्न बाध्य नबनाउन नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक उडानका अधिकतम भाडादर सार्वजनिक गरेको छ।

प्राधिकरणले दशैंको टीकाको दिन (असोज १६) बाट लागू हुने गरी भाडादर तोकेको हो। यसअन्तर्गत सबैभन्दा महँगो काठमाडौं–धनगढी उडानको अधिकतम भाडा १७ हजार ५७९ रुपैयाँ तोकिएको छ भने सबैभन्दा सस्तो काठमाडौं–सिमरा उडानको भाडा ३ हजार ९७८ रुपैयाँ निर्धारण गरिएको छ।

प्राधिकरणले कुनै पनि वायु सेवा कम्पनीले तोकिएको भन्दा बढी रकम असुल गरेमा कानुनी कारबाही गर्ने चेतावनी दिएको छ । यात्रुहरूको हित संरक्षणका लागि हरेक एयरलाइन्सलाई कडाइका साथ निर्देशन जारी गरिएको प्राधिकरणले जनाएको छ।

यता हवाइ भाडादर महँगो भएपछि दशैंमा नागरिकलाई सरकारको उपहार भन्दै सरकारको सामाजिक सञ्जालमा चर्को अलोचना भएको छ। हवाई माफियाको लुट तन्त्रलाई सरकारले बैधानिकता दिएको आरोप लागेको छ। सरकार स्टन्टमा रमाइरहेको पनि आरोप सामाजिक सञ्जाल प्रयोगकर्ताले आरोप लगाउन थालेका छन्।