सवारी लाइसेन्स घोटाला प्रकरणमा बुटवल यातायातका अधिकृत पक्राउ

HTV Khabar १८ वैशाख २०८१, मङ्गलबार ०१:२० मा प्रकाशित

काठमाडौं,  सवारी लाइसेन्स घोटाला प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले थप १ जनालाई पक्राउ गरेको छ।

यातायात व्यवस्था कार्यालय बुटवलमा कार्यरत नारायणप्रसाद पाण्डेलाई पक्राउ गरिएको ब्युरोका सूचना अधिकारी (एसपी) होबिन्द्र बोगटीले बताए ।पाण्डे आईटी अधिकृत हुन्।

यसअघि ब्यूरोले संचार मन्त्रालयमा कार्यरत आइटी अधिकृत सुरज प्रकाश अर्याल र यातायात व्यवस्था विभागका पूर्व करारका कर्मचारी हरिश भट्टलाई पक्राउ गरेको थियो।

यातायात व्यवस्था विभागमा कार्यरत रहँदा उनीहरूले फर्जी लाइसेन्स बनाएर बेचेको आरोप छ। उनीहरुविरुद्ध लिखत किर्ते सम्बन्धी कसूरमा म्याद लिएर प्रहरीले अनुसन्धान गरिरहेको छ।