काठमाडौं, चितवनमा आज आईतवार बिहान यात्रुवाहक बस दुर्घटना भएको छ।
नेपालगन्जबाट काठमाडौं आउँदै गरेको लु.प्र०३–००१ख ००७७ नम्बरको बस बिहान ४ः३० बजे नारायणगढ–मुग्लिङ सडकखण्डको सेतीदोभान पुलमा दुर्घटनामा परेको हो। प्रहरीका अनुसार बसमा सवार २८ जनामध्ये २२ जना घाइते छन्। घाइतेको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ।