भाइरल भेलु बाजे अब सम्झनामा मात्रै

HTV Khabar २० वैशाख २०८१, बिहीबार ०८:०८ मा प्रकाशित

काठमाडौं, भेलु बाजेको नामले भाइरल बनेका प्युठानका मिनबहादुर बुढाको आज निधन भएको छ।

उनको उपचारका क्रममा प्युठान अस्पतालमा  निधन भएको हो। अत्यधिक मदिरा सेवनको लतमा फसेका भेलु बाजेको स्वास्थ अवस्था केही समय अघिदेखि बिग्रदै आएको थियो। 

केही महिना अघि भेलु बाजेले पत्नी बियोगको पीडा समेत ब्यहोर्दै आएका थिए।