काठमाडौं-हेटौंडा कान्तिपथको बकैयामा कार खस्यो, ३ जनाको अचेत अवस्थामा उद्धार

HTV Khabar ५ जेठ २०८१, शनिबार ०९:४० मा प्रकाशित

ललितपुरबाट हेटौंडातर्फ आउँदै गरेको कार कान्तिलोकपथ सडकखण्डमा दुर्घटना भएको छ।


मकवानपुरको बकैया गाउँपालिका-१२ ठिंगन नजिकै चौताराबाट आज बिहान ७:३० बजे ग३च ९४७५ नम्बरको कार दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए।


कार सडकबाट अन्धाजी ५०० मिटर तल खसेको छ। कारमा सवार तीन जनालाई अचेत अवस्थामा उद्धार गरी उपचारका लागि अस्पताल पठाइएको डीएसपी भण्डारीले बताए।


उनीहरू तीनै जनाको पहिचान खुलेको छैन।