पाल्पामा जिप दुर्घटना ७ जनाको मृत्यु, ८ घाइते

HTV Khabar ३० माघ २०८०, मङ्गलबार ०६:५९ मा प्रकाशित

पाल्पा, पाल्पाको तिनाउ गाउँपालिका–५, मस्यामको चिदिसमा मङ्गलवार भएको जिप दुर्घटनामा कम्तीमा ७ जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन्।


सिद्धार्थ राजमार्गको डुम्रेबाट चिदिस जाँदै गरेको लु १ ज २३७१ नम्बरको जिप डुम्रे र चिदिसको बीच भागमा दुर्घटना भएको हो। मृत्यु तथा घाइते हुनेहरु स्थानीय चिदिस गाउँका रहेको उद्धारमा खटिएका दिनेश घिमिरेले जानकारी दिए।


दुर्घटनास्थलमा खटिएका प्रहरीले भने जिल्लाको टोली पुगेपछि मात्रै मृतकहरुबारे जानकारी दिने बताएको छ। घटनास्थलमा प्रहरी चौकी प्रभासको टोली र स्थानीयले घाइतेहरुलाई लुम्बिनी मेडिकल कलेज प्रभासमा लगिएको छ। मृतक र घाइतेको पहिचान खुलिसकेको छैन।