गौशालामा ८ वटा सवारी साधन एक आपसमा ठोक्किए

HTV Khabar ७ जेठ २०८२, बुधवार ०३:०९ मा प्रकाशित

काठमाडौं,  काठमाडौं महानगरपालिका-८ गौशालामा आठ वटा सवारी ठोक्किएर दुर्घटना भएको छ।

गौशालाबाट तिलगंगातर्फ जाँदै गरेको बा ५ ख ६७३५ नम्बरको बाबा गोकर्णेश्वर यातायातको बस अनियन्त्रित भएर दुर्घटना हुँदा आठ वटा सवारी एक आपसमा ठोक्किएका छन्। बसदेखि, हायस, कार, मोटरसाइकल आपसमा ठोक्किएर दुर्घटनामा परेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपीलराज बोहराले बताए।


दुर्घटना करिब १२ बजेतिर भएको थियो। दुर्घटनामा घाइतेहरूलाई उद्धार गरेर केएमसी अस्पताल पठाइएको बोहराले बताए।दुर्घटनामा बा ५१ प २२ नम्बरको मोटरसाइकलका चालक धादिङ ज्वालामुखी गाँउपालिका–१ घर भई टोखा बस्ने वर्ष ३२ को राजकुमार श्रेष्ठ, बा ५१ प २२ नम्बरको मोटरसाइकल पछाडि सवार नुवाकोट टाडी गाँउपालिका–२ का २२ वर्षीय विकाश कट्टेल, प्र(२(०१(००३ प १००५ नम्बरको मोटरसाइकल चालक खोटाङ हलेसी तुवाचुङ नगरपालिका– ५ का ३७ को शैलेन्द्र राई घाइते भएका छन्।

ठोक्किएका सवारीको विवरण

१) बा ५ ख ६७३५ नं को बाबा गोकर्णेश्वर यातायात (चालक फरार रहेको)
 २) बा ५ ख ७३१ नं को हायस, (चालक काभ्रे घर हुने बर्ष ३४ को रक्तिम लामा)
 ३) बा.प्र-०१-०२६ च ८५७६ नं को कार, (चालक सिन्धुपाल्चोक घर हुने बर्ष २७ को राम तामाङ)
 ४) B AC ९७७३ नं को कार, (चालक वर्ष ५३ को त्रिरत्न प्रजापती)
 ५) बा १६ च ४४५२ नं को कार, (चालक काठमाडौं टोखा घर हुने बर्ष ४१ को प्रेम प्रसाद गेलाल)
 ६) प्र-२-०१-००३ प १००५ नं को मो.सा, (चालक काठमाडौं कोटेश्वर बस्ने बर्ष ३७ को शैलेन्द्र राई)
 ७) बा ५१ प २२ नं को मोटरसाइकल, (चालक काठमाडौं टोखा बस्ने वर्ष ३२ को राजकुमार श्रेष्ठ)
 ८) बा.प्र-०२-०४६ प ४८१९ नं को स्कुटर (चालक भक्तपुर घर हुने बर्ष १९ कि स्मिता ढुङगेल)