कुटपिट हुँदा हत्या भएको आरोपमा एक जना पक्राउ

HTV Khabar २० माघ २०८१, आइतबार ०३:३४ मा प्रकाशित

काठमाडौं,  हत्या आरोपमा एक जना पक्राउ परेका छन्। रसुवाको उत्तरगया गाउँपालिका– १ घर भई सोही गाउँपालिकाको वडा नम्बर ५ स्थित बोगटिटार बस्ने ६० वर्षीय प्लेत्ता तामाङको हत्या अभियोगमा शनिवार साँझ प्रहरीले एक जना पक्राउ गरेको हो।

पक्राउ पर्नेमा उत्तरगया गाउँपालिकाकै ५ नम्बर वडा बोगटिटार बस्ने ४३ वर्षी बिचारी तामाङ रहेका छन्। आर्थिक लेनदेनको विषयलाई लिएर कुटपिट हुँदा प्लेता घाइते भएका थिए। उनलाई उपचारका लागि काठमाडौंस्थित ग्रिनसिटी अस्पतालमा उपचारका लागि ल्याइएको थियो। सो क्रममा शनिवार साँझ प्लेताको निधन भएको थियो।