सेनाका घिमिरे र ढकाललाई उपरथीको दर्ज्यानी चिह्न प्रदान

HTV Khabar १७ पौष २०८०, मङ्गलबार ११:०५ मा प्रकाशित
काठमाडौं, नेपाली सेनाको उपरथी दर्जामा पदोन्नती भएका पवन राज घिमिरे र चोक बहादुर ढकाललाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ।


जङ्गी अड्‌डामा सोमवार आयोजित एक कार्यक्रमकाबीच प्रधान सेनापति प्रभुराम शर्माले घिमिरे र ढकाललाई दर्ज्यानी चिह्न प्रदान गरेका हुन्। पदोन्नतिसँगै उपरथी घिमिरे नेपाली सैनिक वार कलेजमा शिक्षाधिकृत तथा उपरथी ढकाल सैनिक सचिव विभाग, अतिरिक्त समूहमा नियुक्त भएका छन्।


हाल उपरथी ढकाल युनाइटेड नेसन्स इन्टेरिम फोर्स इन लेबनान (युनिफिल) मिशनमा डेपुटी फोर्स कमान्डरका रुपमा कार्यरत छन्। उनीहरु नेपाल सरकारको पुस १२ गतेको निर्णय अनुसार उपरथी दर्जामा पदोन्नति भएका हुन्।