सञ्चार मन्त्रालयमा टिकटकले पठाएको पत्रबारे बैठक बसेर छलफल गर्दै

HTV Khabar ३१ कार्तिक २०८०, शुक्रबार ०४:३३ मा प्रकाशित
काठमाडौं,  टिकटकले दूरसञ्चार प्राधिकरणमार्फत् नेपाल सरकारलाई पठाएको पत्रका बारेमा छलफल गर्न आज सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा बैठक बस्दैछ।


सञ्चार मन्त्रालयले प्राधिकरणलगायतका निकायका अधिकारीलाई छलफलका लागि बोलाएको हो। टिकटकको चिठीको जवाफ दिनुपर्ने भए के गर्ने भन्ने विषयमा छलफल गर्न लागिएको मन्त्रालयका एक अधिकारीले जनाएका छन्।


सरकारले नेपालमा टिकटक चल्न नदिने निर्णय गरेपछि सामाजिक सञ्जाल टिकटकले नेपाल दूरसञ्चार प्राधिकरणलाई पत्र लेखेको हो।