काठमाडौं, गएराति हुम्लाको सदरमुकाम सिमकोटमा सिजनको पहिलो हिमपात भएको छ। हिमपातका कारण सिमकोटबाट हिल्सा र लिमी जाने सडक बन्द भएको छ।
यस्तै उड्डयन सेवासमेत प्रभावित भएको नेपाल नागरिक उड्डयन प्राधिकरण हुम्लाले जनाएको छ। हिँउ परेपछि चिसो बढेको छ। अहिले त्यहाँको तापक्रम माइनस दुई डिग्री सेल्सियस छ। किसानहरु भने बाली सप्रने भन्दै खुसी भएका छन्।