नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेर जागिर खाने शिक्षकविरुद्ध मुद्दा दायर

HTV Khabar ११ वैशाख २०८१, मङ्गलबार ०५:०९ मा प्रकाशित

काठमाडौं, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्सामा एक शिक्षकविरुद्ध नक्कली अध्यापन अनुमतिपत्रसम्बन्धी मुद्दा दायर गरेको छ।

अख्यिारले पर्साको नेपाल राष्ट्रिय प्राथमिक विद्यालय, बखरीका प्राथमिक तहका शिक्षक जनार्दनप्रसाद कानुविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको हो। कानुले प्राथमिक तह अध्यापन अनुमतिपत्र नक्कली पेश गरी नियुक्ति लिएको पाइएकाले उनीविरुद्ध मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले बताए।