काठमाडौं, नेपाल प्रहरीमा प्राविधिक प्रहरी समूहका २११ जना प्रहरी जवान प्रहरी सहायक हवल्दारमा बढुवा सिफारिस भएका छन्।
विहिवार बसेको बढुवा समितिको बैठकको निर्णयअनुसार प्राविधिक प्रहरी समूह, ईन्जिनियरिङ्ग उपसमूह, सञ्चारतर्फका प्रहरी जवानहरुलाई सोही समूह, उपसमूहतर्फको प्रहरी सहायक हवल्दार पदमा बढुवा गरिएको हो।
प्रहरी नियमावली, २०७१ (संशोधन सहित) को नियम २७ को उपनियम (४) अनुसार बढुवा सिफारिस सूची सार्वजनिक गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।