मौसम पूर्वानुमान : सोमवारदेखि वर्षाको सम्भावना

HTV Khabar २९ पौष २०८०, आइतबार ०८:१९ मा प्रकाशित

काठमाडौं, नेपालमा आज पश्चिमी वायुको आंशिक प्रभाव परेको छ। जसका कारण पहाडी भू-भागमा आंशिक बदली भई बाँकी भू-भागमा सामान्यतया मौसम सफा रहेको छ।


आज बिहान तराईका अधिकांश स्थानहरूमा हुस्सु्/कुहिरो लागेको छ। राति कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।


सोमवार र मंगलवार भने देशका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

सोमवार गण्डकी, कोशी र बाग्मती प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षा तथा देशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।


मंगलबार केही ठाउँमा वर्षा हुनेछ भने कोशी र गण्डकीका थोरै ठाउँ र बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक दुइ स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।