काठमाडौं, नेपाल राष्ट्र बैंकको गभर्नर सिफारिस समितिको सदस्यमा पोषराज पाण्डे नियुक्त भएका छन्।
बुधवार बसेको मन्त्रिपरिषद्को बैठकले रिक्त स्थानमा उनलाई नियुक्ती गर्ने निर्णय गरेको हो।
विश्व पौडेलले राजीनामा दिएपछि समितिमा एक पद रिक्त थियो। समितिको संयोजकमा उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेल रहेका छन्।