एसएसपी बसन्त रजौरेले सम्हाले काठमाडौं प्रहरी प्रमुखको जिम्मेवारी

HTV Khabar १७ वैशाख २०८१, सोमबार ०९:२९ मा प्रकाशित

काठमाडौं, जिल्ला प्रहरी परिसर काठमाडौंको प्रमुखमा सरुवा भएका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बसन्त रजौरेले आज काठमाडौं प्रहरी प्रमुखको कमाण्ड सम्हालेका छन्।

एसएसपी रजौरेले कमाण्ड सम्हाले लगत्तै मातहतका निकायलाई कडा ब्रिफिङ गर्दै। काठमाडौंको शान्ति सुरक्षाका लागि आफूले कुनै कसर बाँकी नराख्ने जानकारी गराएका छन्।