काठमाडौं, भारतको पुणेमा पुर्याएर नेपाली महिलालाई बेचबिखन गरेको खुलेको छ।मावन बेचबिखन अनुसन्धान ब्यूरोको टोलीले दुई जनालाई पक्राउ गरेर अनुसन्धान गर्दा पुणेमा नेपाली महिला बेचबिखन भएको खुलेको हो। पुणेमा बेचिएका नेपाली महिलाको उद्धार भएपछि अहिले दुई जना पक्राउ समेत परेका छन्।
को टोलीले नुवाकोटको दुप्चेश्वर गाउँपालिका–७ घर भएका ३२ वर्षीय मानबहादुर तामाङ र दुप्चेश्वर–६ का २४ वर्षीय थोकर भनिने सोमबहादुर तामाङलाई पक्राउ गरेको छ। उनीहरूलाई आईतवार सार्वजनिक गर्दै ब्यूरोका प्रमुख तथा एसएसपी दीपेन्द्र जिसीले पुणेको कोठीमा नेपाली चेली बेचिएको बताए।
विभिन्न प्रलोभन पारेर चार जनाको समूहले दुई महिलालाई भारतको पुणेमा पुर्याएर बेचेको ब्यूरोको भनाइ छ। यो समूहका दुई जना अझै फरार छन्। फरार हुनेमा एक पुरुष र एक महिला छन्।