काठमाडौं, उपप्रधान एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यलाई उपचारका लागि काठमाडौं ल्याइएको छ।
पोखरामा आयोजित पोखरा भ्रमण वर्ष उद्घाटन गर्ने क्रममा बेलुन फुटेर उनीहरू घाइते भएका थिए। लगत्तै उनीहरूलाई हेलिकप्टर मार्फत काठमाडौं ल्याइएको छ।अर्थमन्त्री पौडेल निकट स्रोतका अनुसार उनलाई थप उपचारका लागि कीर्तिपुरस्थित बर्न अस्पताल लगिएको छ।
अर्थमन्त्री पौडेल र मेयर आचार्यको अनुहारको भाग जलेको थियो।