एसपी मोहन थापा गण्डकी प्रदेशकै उत्कृष्ट प्रहरी घोषित

HTV Khabar ५ फाल्गुन २०८०, शनिबार ११:३० मा प्रकाशित

काठमाडौं, प्रहरी उपरीक्षक (एसपी) मोहनकुमार थापा गण्डकी प्रदेशको उत्कृष्ट प्रहरी घोषित भएका छन्। जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख थापा गण्डकी प्रदेशको उत्कृष्ट प्रहरी घोषित भएका हुन्।


गण्डकी प्रदेश सरकारले प्रदेश सरकारको छैटौं स्थापना दिवसको अवसरमा एसपी थापालाई उत्कृष्ट प्रहरी कर्मचारी घोषित गर्दै पुरस्कृत गरेको हो।


सहकारी ठगीको अनुसन्धान, फरार प्रतिवादी पक्राउ, लागुऔषध नियन्त्रण तथा कास्की हुने अन्य अपराधका घटनाको अनुसन्धानमा महत्वपूर्ण भूमिका खेल शान्ति सुरक्षा कायम राखेको भन्दै पुरस्कृत गरिएको बताइएको छ।


एसपी थापाले विगत ५ महिनादेखि कास्की प्रहरी प्रमुखको जिम्मेवारी सम्हालिरहेका छन्।