डल्लुबाट सुन चोरेको आरोपमा ३ जना पक्राउ

HTV Khabar २९ माघ २०८१, मङ्गलबार ०६:२३ मा प्रकाशित

काठमाडौं, काठमाडौं महानगरपालिका–१५ स्थित डल्लुबाट सुन चोरेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा वसन्तपुर घर भएका ४१ वर्षीय नरेन्द्र देउला, काभ्रे घर भएका ३८ वर्षीय कोमल बहादुर कार्की र भारतीय नागरिक ५८ वर्षीय जागिर मालिक छन्।

माघ २६ मा आरोपीहरूले दोलखाका फस्कु घर भएर डल्लुमा ज्ञानरत्न मानन्धरको घरमा भाडामा बस्ने सुनिता ठकुरीको डेराबाट सुन चोरेका हुन्। माघ २८ मा पक्राउ गरेर जिल्ला प्रहरी परिसर काठमाडौं मंगलवार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको छ।

आरोपीमध्येका नरेन्द्र देउला अन्य अपराधमा पनि संलग्न देखिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिलराज बोहराले बताए। उनीहरुले चोरेको गहना प्रहरीले बरामद गरेको छ।