विश्वका ८ हजार मिटर उचाइका सबै हिमाल चढ्ने पहिलो नेपाली महिला दावा

HTV Khabar २६ अशोज २०८१, शनिबार ०६:२७ मा प्रकाशित

काठमाडौं, कीर्तिमानी पर्वतारोही दावा याङजुम शेर्पा विश्वका ८ हजार मिटरभन्दा अग्ला सबै १४ हिमालको सफल आराेहण गर्ने पहिलो नेपाली महिला बनेकी छिन्।

दोलखाकी ३३ वर्षीया दावाले बुधवार बिहान बिहान ५ बजे तिब्बतस्थित ८ हजार २७ मिटर अग्लो शिशपाङ्मा हिमालको सफल आरोहण गरेर यो कीर्तिमान आफ्नो पोल्टामा पारेकी हुन्।

दावाले २२ वर्षको उमेरमा पहिलो पटक सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेकी थिइन्। त्यसयता उनी चार पटक सगरमाथा शिखर पुगिसकिन्।

नेपाल पर्वतारोहण संघका पूर्वअध्यक्ष आङछिरिङ शेर्पाले दावाको सफलताबाट पर्वतारोहण क्षेत्रमा महिला सहभागितामा थप ऊर्जा मिल्ने बताए।