कपन प्रहरी प्रमुख नवराज सापकोटा बने उत्कृष्ट प्रहरी ..

सबिन पन्त 'पृथक' १९ माघ २०८०, शुक्रबार ०५:०५ मा प्रकाशित

काठमाडौं, बूढानीलकण्ठ नगरपालिका वडा नं. १०,११ र १२ गरि तीनवटा वडा रहेको कपन क्षेत्रको प्रहरी प्रभागका प्रमुख प्रहरी निरीक्षक नवराज सापकोटा उत्कृष्ट प्रहरी बन्न सफल भएका छन्।


कपन क्षेत्रमा सापकोटा सरुवा भएर आएपछि यहाँका वासिन्दाले शान्ति सुरक्षा तथा अमन चयन महसुस गर्न पाएका छन्।  "प्रहरी मेरो साथी" भन्ने नारालाई चरितार्थ गर्न स्थानीय बासी र संघसंस्थासंगको सहकार्यमा प्रहरीको कर्तव्यबोध गर्दै कार्य सम्पादन गर्न सामर्थ्य राख्ने सापकोटा प्रभाग प्रमुखहरु मध्येनै अब्बल मानिन्छन्।


विभागीय मुल्य-मान्यता, आदेश-निर्देशनको पालना गरी व्यवसायिक, लगनशील र कर्तव्यकर्तव्य निर्वाह गरी अपराध अनुसन्धानको क्षेत्रमा विशेष योगदान पुर्‍याउनुको साथै विभिन्न मुद्दाका फरार प्रतिवादीहरु पक्राउ गरी कानुनी कारवाहीको दायरामा ल्याउन महत्वपूर्ण भूमिका निर्वाह गरेका सापकोटा उत्कृष्ट प्रहरी बनेका  छन्।


जिल्ला प्रहरी परिसरले काठमाडौंले सापकोटाको क्षमता र  कार्य सम्पादन उच्च मूल्यांकन गर्दै पोलिस अफ द मन्थको रुपमा प्रशंसा पत्र प्रदान गर्दै पौष ,महिनाको उत्कृष्ट प्रहरी घोषणा गरि पुरस्कृत गरेको छ।