ग्वार्कोमा जुवा खेलिरहेका १३ जना पक्राउ

HTV Khabar १३ वैशाख २०८१, बिहीबार १२:०५ मा प्रकाशित

काठमाडौं, ललितपुरको ग्वार्कोमा जुवा खेलिरहेका १३ जना पक्राउ परेका छन्।ग्वार्कोस्थित ननस्टफ डान्सबारको पाँचौ तलाको कोठामा बाहिरबाट ताला लगाएर भित्र जुवा खेलिरहेका १३ जनालाई प्रहरीले गएराति पक्राउ गरेको हो।

जुवा खालबाट १३ जनालाई पक्राउ गरेको र ४ लाख ३५ हजार ९६० रुपैयाँ बरामद भएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरेशराज सुवेदीले जानकारी दिए। जिल्ला प्रहरी परिसर ललितपुर र अपराध अनुसन्धान कार्यालयको संयुक्त टोलीले उनीहरुलाई पक्राउ गरेको हो।