सामाजिक सञ्जालमा महिलाको चरित्र हत्या गर्ने फुर्साङ पक्राउ

HTV Khabar २९ वैशाख २०८१, शनिबार ०५:५१ मा प्रकाशित

काठमाडौं, सामाजिक सञ्जालमा महिलाको चरित्र हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा मकवानपुर घर भई हाल काठमाडौं महानगरपालिका-३२ बस्‍ने २४ वर्षी फुर्साङ रूम्बा रहेका छन्।

रूम्बालाई प्रहरीको साइबर ब्‍यूरोले काठमाडौंको जडिबुटीबाट पक्राउ गरेको हो।पक्राउ परेका उनमाथि विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसूरमा काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

उनी वैदेशिक रोजगारीमा रहँदा सामाजिक सञ्जालको दुरूपयोग गरी फेक अकाउन्ट बनाएर पीडित महिलाका साथीहरूले प्रयोग गर्ने सामाजिक सञ्जालमा गोप्य अङ्गहरुको फोटो/भिडियो पठाउने गरेको प्रहरीको आरोप छ।