काठमाडौं, गृह मन्त्रालयले नेपाल प्रहरीका ४ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) लाई प्रहरी नायब महानिरीक्षक (डीआईजी) मा बढुवा गर्न सिफारिस गरेको छ।
मन्त्रालयमा शुक्रवार अबेर बसेको बढुवा समितिको बैठकले एसएसपी कृष्णहरि शर्मा पोखरेल, दानबहादुर कार्की, डा.मनोजकुमार केसी र राजन अधिकारीलाई बढुवा गर्न सिफारिस गरेको हो।
बढुवा भएकामध्ये पोखरेल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत् छन् भने कार्की, केसी र अधिकारी प्रहरी प्रधान कार्यालयमा कार्यरत् छन्।
कार्की जिल्ला प्रहरी परिसर, काठमाडौं र केसी उपत्यका अपराध अनुसन्धान कार्यालयमा प्रमुख भएका बेला नक्कली भुटानी शरणार्थी प्रकरणको पटाक्षेप भएको थियो। पछि कांग्रेस सभापति शेरबहादुर देउवाको दबाबमा उनीहरुको जिम्मेवारी खोसिएको थियो।
बढुवा सिफारिस सूचीको चौथो नम्बरमा रहेका अधिकारी पनि प्रहरीभित्रका इमान्दार र व्यवसायिक अधिकृत मानिन्छन्।
