विराटनगर, लागूऔषध ब्राउन सुगर (खैरो हेरोइन) को ओसारपसार र कारोबारमा संलग्न दुई युवती पक्राउ परेकी छिन्। पक्राउ पर्नेमा विराटनगर महानगरपालिका–१७ की १९ वर्षीया अनिता बैठा र ३० वर्षीया सरस्वती गुरुङ रहेका छन्।
प्रहरीका अनुसार दुवै जना ब्राउन सुगरको ओसारपसार र कारोबारमा संलग्न रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। भारतको जोगवनीबाट ब्राउन सुगर खरिद गरेर आउँदै गर्दा उनीहरूलाई विराटनगर–१५ बैंक रोड चोकबाट पक्राउ गरिएको जिल्ला प्रहरी करार्यालय मोरङले जनाएको छ।
शंका लागेपछि प्रहरीले नियन्त्रणमा लिएर खानतलासी गर्दा बैठाको साथबाट लागूऔषध ब्राउन सुगर १९.३३ ग्राम फेला परेको थियो।लगत्तै प्रहरीले गुरुङको कोठामा छापा हानेर सानो डिजिटल तराजु फेला परेको थियो। उनीमहरुमाथि प्रहरी थप अनुसन्धान थालेको छ।