महोत्तरीमा दुई समुदायबीच झडप, ३ जना घाइते

HTV Khabar ५ फाल्गुन २०८०, शनिबार ०४:११ मा प्रकाशित

काठमाडौं, महोत्तरीको सम्सी गाउँपालिका-२ परसामा महावीर झण्डाको कलश यात्राका क्रममा दुई समुदायबीच झडप भएको छ।


सम्सी गाउँपालिका १ बाट सुरु भएको कलश यात्रा वडा नं. २ स्थित नुरी मस्जिद नजिक पुगेपछि झडप भएको हो। झडप नियन्त्रणका लागि प्रहरीले ४ राउन्ड हवाइ फायर गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।


झडपका क्रममा ३ जना सामान्य घाइते भएका छन्। हिन्दु समुदायले निकालेको कलशयात्राका क्रममा मस्जिदमा ढुंगा प्रहार भएको मुसलमान समुदायको दाबी छ। कलश यात्राका आयोजकहरुले भने मस्जिदमा ढुंगा प्रहार नभएको दाबी गरेका छन्।