सिराहामा बम पड्काएर ६ घरमा लुटपाट

HTV Khabar ३२ वैशाख २०८१, मङ्गलबार ११:१३ मा प्रकाशित

सिराहा, सिराहामा बम पड्काएर ६ घरमा लुटपाट गरिएको छ। जिल्लाको लहान नगरपालिका-१७ हरिपुर टोलमा गएराति ११ बजे डाकाहरुले बम पड्काएर लुटपाट गरेका छन्।

बम पड्किंदा स्थानीयहरु घाइते भएको प्रहरीले जनाएको छ। स्थानीय राजदेव यादव, अजयकुमार यादव, रामबाबु ठाकुर, रामअवतार ठाकुर, रामप्रसाद यादव, निरंजन यादवको घर लुटिएको छ। डाकाहरुले नगद, गरहना लुटेका हुन्।

डाकालाई प्रतिकार गर्न खोज्दा गम्भीर घाइते भएका योगेन्द्र यादव र निरंजन यादवलाई उपचारका लागि विराटनगर पठाइएको छ।अन्य घाइते रामबाबु यादव, विरछ ठाकुर, जोगिन्द्र यादव र मनि यादवलाई स्थानीय अस्पतालमा उपचार भइरहेको छ। घटनाबारेमा प्रहरीले अनुसन्धान सुरु गरेको जनाएको छ।