काठमाडौं, जाजरकोटको बारेकोटमा १२ वर्षीय बालकले तीन वर्षीया बालिकाको हत्या गरेका छन्। जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार बारेकोट गाँउपालिकाकी तीन वर्षीया बालिकाको घाँटी रेटेर हत्या गरिएको हो।
बारेकोट गाँउपालिका-६ टाँसीका १२ वर्षीय बालकले ती बालिकाको हत्या गरेको प्रहरीले जनाएको छ। बिहीवार साँझ खेल्ने क्रममा ती बालिकाको हत्या भएको थियो। आफन्तले राती १० बजे मात्र घटनाबारे जानकारी पाएका थिए। बालकलाई आज शुक्रवार नै प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिसकेको जाजरकोट प्रहरीले जनाएको छ।