भर्खरै ज्यामिरेमा बस र ट्रक एकआपसमा ठोकिँदा १७ घाइते

HTV Khabar ५ पौष २०८१, शुक्रबार ०८:४३ मा प्रकाशित

काठमाडौं, नवलपरासीको सुनवल-७ ज्यामिरेमा माईक्रो बस र ट्रक एक आपसमा ठोकिदा बसमा सवार १७ जना यात्रु घाइते भएका छन्। घाइतेमध्ये १३ जनाको अवस्था गम्भीर छ।

बर्दघाटबाट बुटवलतर्फ आइरहेको  लु १ ख ९४६७ नं को माइक्रोले साइकल यात्रीलाई ठक्कर दिएर अनियन्त्रीत भइ विपरित दिशाबाट आएको सुदुरपश्चिम ००१ ख २४४२ नं को ट्रकसंग ठोकिन पुगेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले जनाएको छ।

घाइतेको देवदह भलुहीस्थित देवदह मेडिकल कलेजमा उपचार भैरहेको जनाइएको छ।