- गृहपृष्ठ
- बैंकिङ कसुरका फरार प्रतिवादी पक्राउ
बैंकिङ कसुरका फरार प्रतिवादी पक्राउ
HTV Khabar
१४ जेठ २०८१, सोमबार ११:४५ मा प्रकाशित
काठमाडौं, बाँके प्रहरीले बैंकिङ कसुरका फरार प्रतिवादीलाई पक्राउ गरेको छ। राप्ती सोनारी गाउँपालिका–५ का ३६ वर्षीय अशोककुमार थारुलाई प्रहरीले पक्राउ गरेको हो।
जिल्ला अदालत बाँकेले २०७६ चैत ४ गते, २०७८ भदौ २४ गते र २०८० कात्तिक २१ गते थारुलाई बैंकिङ कसुरमा दोषी ठहर गर्दै एक वर्ष १५ दिन कैद सजाय तोकेको थियो। साथै १२ लाख ७५ हजार जरिवाना समेत फैसला सुनाएको थियो। त्यसयता थारु फरार रहँदै आएका थिए।थारुलाई प्रहरीले आइतबार पक्राउ गरी अदालत पेश गरिएको थियो।
जिल्ला प्रहरी प्रमुख एसपी तुलबहादुर कार्कीका अनुसार अदालतको आदेशले उनलाई कारागार चलान गरेको छ।