कुमारी बैंकको सहकार्यमा बूढानीलकण्ठका महिला, युवालाई उद्यमशीलता प्रशिक्षण

सबिन पन्त 'पृथक' २१ पौष २०८१, आइतबार ०९:१० मा प्रकाशित

काठमाडौं, कुमारी बैंक हात्तिगाैंडा शाखाको  सहकार्यमा बूढानीलकण्ठ नगरपालिका वडा नं.-४ का महिला तथा युवाहरूलाई उद्यमशीलता प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा बूढानीलकण्ठ नगरपालिका वडा नं.-४ मा स्थायी बसोबास गर्दै आएका महिला तथा युवाहरूको लागि एकदिने उद्यमशीलता प्रशिक्षण कक्षा सञ्चालन गरिएको हो। 

नयाँ व्यवसाय/उद्धम शुरुगर्ने सञ्चालन गर्ने र विस्तार गर्ने सोचमा भएका महिला तथा युवा उद्धमीहरुलाई मार्गदर्शन, वित्तीय सहायता तथा श्रोतहरु प्रदान गरि नवप्रवर्तन र आर्थिक विकासलाई प्रोत्साहन गर्ने लक्ष्यसाथ वित्तीय साक्षरता प्रशिक्षण दिइएको कुमारी बैंक हात्तिगाैंडा शाखाकि प्रमुख इन्दिरा घिमिरेले एचटिभी खबरलाई जानकारी दिएकी छन्। 

उक्त प्रशिक्षण कार्यक्रमले वडा नं.-४ मा स्थायी बसोबास गर्दै आएका महिला तथा युवाहरूको जीवनस्तर उकास्न व्यवसाय र उद्धमलाई प्राथमिक रूपमा अगाडि बढाउन प्रोत्साहन मिल्ने उदेश्य लिएको वडा नं.-४ का अध्यक्ष श्रीराम केसीले बताए। 

प्रमुख अतिथि स्वास्थ तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले गृहणी महिला दिदीबहिनीहरु पुरुषको तुलनामा मितव्ययी हुने घरखर्चबाट पनि थोरैथोरै पैसा बचाउन सक्ने भएकोले आवश्यक परेको बेलामा घरको समस्या टार्न सक्षम हुने बताए। 

यसरी बचाएको पैसालाई अहिले देशैभरी वित्तीय क्षेत्रमा देखिएको असहज परिस्थितिले गर्दा कसरी र कहाँ सुरक्षीत राख्न सकिन्छ भन्ने चेतना पनि महिला दिदिबहिनीहरुमा हुन अपरिहार्य भएकोले यस्तो वित्तीय साक्षरता कार्यक्रम अत्यन्तै उपयोगी हुने मन्त्री पौडेलले बताए। 

कुमारी बैंकको सहकार्यमा बैंकको  ट्रान्जेक्शन बेैंकिङ विभाग प्रमुख अर्पण पौडेलले प्रदान गरेको वित्तीय साक्षरता 
उद्यमशीलता प्रशिक्षण कार्यक्रम साह्रै  लाभदायी  रहेको र यो कार्यक्रमले आफूलाई अब कसरी सुरक्षीत रूपमा व्यवसाय सञ्चालन गर्ने, आर्थिक कारोबार गर्ने भन्ने जानकारी प्राप्त भएको प्रशिक्षणमा सहभागी एक महिलाले बताइन्।